गाजामा संयुक्त राष्ट्रसंघका २९ कर्मचारी मारिएको पुष्टि

गाजामा संयुक्त राष्ट्रसंघका २९ कर्मचारी मारिएको पुष्टि
सुन्नुहोस्

तेल अविव : प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ। 

अक्टोबर ७ देखिका हिंसामा उनीहरू मारिएको बताइएको छ। 'हामी स्तब्ध छौं, शोकमा छौं। २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ,' राष्ट्रसंघ एजेन्सीले जनाएको छ। यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ।

यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन्। इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ। टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.