नवरात्रिको अन्तिम दिन शक्तिपीठमा भक्तजनको भीड

नवरात्रिको अन्तिम दिन शक्तिपीठमा भक्तजनको भीड
सुन्नुहोस्

अशोकवाटिका : बडादसैंको नवौं दिन महानवमीको अवसरमा सोमवार नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पूजाआजा गर्नेको घुइंचो लागेको छ। विविध कारणले गत वर्ष मन्दिर दर्शन गर्न नगएकाहरु यस वर्ष परिवारैसहित विभिन्न शक्तिपीठहरु पुगेका थिए। 

नुवाकोटको प्रसिद्ध र महत्वपूर्ण भैरवी, देवीघाटमा रहेको जालपादेवी, वगुवामा रहेको पञ्चकन्या, सिमुटारमा रहेको इन्द्रायणी, वेलकोटमा रहेको निरञ्जना भगवति, वनदेवीलगायतका मन्दिरमा नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पूजाआजा र दर्शनका लागी हजारौं सर्वसाधारणको संख्या वढेको हो। घरायसी तथा विविध कारण गत वर्ष भक्तजनहरु मन्दिर जान पाएका थिएनन्। 

बडादसैंको महानवमीका अवसरमा नुवाकोटको जालपादेवी मन्दिर, भैरवी मन्दिर,  बेलकोटगढीको निरञ्जना भगवति मन्दिर लगायतका शक्तिपीठहरुमा पूजा आरधाना गर्नेेहरुको भीड लागेको छ। यसबाहेक नुवाकोटको तारुका, बुधसिङ, दुइपिपल, भैरुमकोटलगायत स्थानमा रहेका कोट घरमा समेत पूजाआजा गरिएको छ। महाष्टमी र महानवमीका दिन भैरवी तथा बेलकोटको निरञ्जना भगवति मन्दिरमा, फूलपाती, कालरात्रि र महानवमीका दिन भव्य मेला लाग्छ। 

मल्लकालमा निर्माण गरिएको भैरवी मन्दिरमा नुवाकोटको विभिन्न स्थानका अतिरिक्त राजधानी काठमाडौवाट समेत भक्तजनहरु आउने गरेका छन्। मन्दिरमा  भाकल गरेर दशैको समयमा पूजा अर्चना गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ। 

मन्दिर नजिकै रहेको दशैंैघर र तलेजु मन्दिरमा महानवमीको दिन विशेष पूजा हुने गरेको छ। विजया दशमीको दिन सामूहिक रुपमा टिका लगाई दशंैघरमा राखिएको जमरा लगाउने प्रचलन रहेको छ।  

बडादसैंको महानवमीका दिन नुवाकोटको महत्वपूर्ण विभिन्न मन्दिरहरुमा पूजाआजा र दर्शनका लागी सर्वसाधारणको संख्या वढे पनि वलि दिने कार्य गतवर्षको भन्दा कम भएको मन्दिरका पूजारीहरु वताउंछन्। महानवमीका दिन नुवाकोटका तुलजा मौला, साततले दरवार अगाडिको मौला, लाम्पाटीमा रहेको छुट्टै मौला, कालिका मौलाका साथै भैरवी, जालपादेवी र  इन्द्रायणी मन्दिरमा सरकारी तर्फवाट सातवटा रांगो, ६ वटा वोका एउटा भेडाको थुमाको वलि दिइएको छ। 

यस वर्ष नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पूजापाठ गर्नका लागि गत वर्षको भन्दा ५० प्रतिशत वढि सर्वसाधारणको भीड लागेको नुवाकोटको भैरवी मन्दिरमा भजनकिर्तनमा सहभागी वृद्ध अगुवा यज्ञराज केसीले वताए। परिवर्तित समयसंगै सर्वसाधारणको धार्मिक आस्था वढेको पाइएको उनले बताए। 

सर्वसाधारण पछिल्लो समयदेखि पशु वलि भन्दा पनि नरिवल चढाउनतर्फ आकर्षित भएको पाइएको छ। विभिन्न संघसंस्था तथा सर्वसाधारणले पनि पशु वली दिंदैमा धर्म नहुने निष्कर्ष निकाली नरिवल चढाउन लागेको पूजारीहरुको भनाई रहको छ। 

गत १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा नेपाल एकिकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा वडादशैं पर्व विशेष रुपमा मनाउन सुरु गरेको पाइन्छ। वडादशैंमा नुवाकोटको विभिन्न देवी मन्दिरहरुमा सरकारीतर्फवाट पूजापाठ हुने गरेको छ।

घटस्थापनाको दिनदेखि महानवमीसम्म नुवाकोटका विभिन्न शक्तिपीठहरुमा वोका, कुखुरा, हांसको वलि दिने गरिएको छ। मेला भर्न छिमेकी रसुवाका साथै काठमाडौं, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लाबाटसमेत भक्तजनहरु आउने गर्छन्। 

विदुर नगरपालिका वडा नं २ नुवाकोटमा रहेको भैरवी मन्दिरमा ऐतिहासिक र धार्मिक रुपले समेत महत्वपूर्ण मानिने कारण वडादशैंको अतिरिक्त वैशाख पूर्णिमालगायत दिनमा विशेष मेला लाग्ने गरेको छ। भैरवी मन्दिर पांचसय वर्ष पुरानो भएका कारण यहां पूजाआजा गर्न आउनेहरु वढिरहेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्र श्रेष्ठको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.