कैदी बन्दीहरूले सामूहिकरूपमा लगाए टीका
नुवाकोट : नुवाकोट जिल्ला कारागार ढुंगेका कैदीबन्दीहरूले एक आपसमा खुसीयाली साटासाट गर्दै सामूहिकरूपमा यस वर्षको बडादसैं पर्व मनाएका छन्। उनीहरूले एकआपसमा टीका लगाउनुका साथै सामूहिक भोजभतेर गरेर बडादसैं मनाएका हुन्।
विदुर नगरपालिका वडा नं. १ ढुंगेवजारमा रहेको जिल्ला कारागारमा बन्दी जीवन व्यतित गरिरहेका थुनुवाबन्दीले मंगलबार एकआपसलाई विजयादशमीको टीका लगाएर र भोजभतेर गरेर सामूहिकरूपमा वर्ष दिनको ठूलो पर्व बडादसैं निकै खुसीयालीसाथ मनाएको जिल्ला कारागार कार्यालयले जानकारी दिएको छ।
विभिन्न मुद्दामा परेर कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन विताइरहेकाहरूले कारागारभित्रै आपसमा रमाइलो गर्दै दसैं मनाएका हुन्। कारागारमा रहेका १७ महिलासहित एकसय ५५ जना कैदीबन्दीहरूले कारागारमै ल्याएर भोजभतेर गर्नुका साथै एकआपसमा खुसी साटासाट गर्दै सामूहिकरूपमा एकआपसमा टीका लगाएर बडादसैं पर्व मनाएको कारागार कार्यालय नुवाकोटले जनाएको छ।