बागलुङमा एक पुरुष खोला किनारमा मृत फेला
बागलुङ : बागलुङमा एक पुरुष मृत फेला परेका छन् । बागलुङको गलकोट नगरपालिका-११ का ५२ वर्षीय नरबहादुर राना बुधबार बिहान रिघाफेदीस्थित दरमखोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए ।
बुधबार बिहान गलकोट-११ का होमबहादुर सिंजालीले प्रहरी चौकी खर्वाङमा खोला किनारमा मृत अवस्थामा शव रहेको जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको डीएसपी केसीले बताए ।
दरम खोलाको किनारमा शव फेला परेकाले उनको मृत्यु बगेर भएको हो या अन्य कारणले भन्नेमा अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।
प्रतिक्रिया दिनुहोस !
३