घटस्थापनामा राखिएका दुर्गाका मूर्ति बिर्सजन

घटस्थापनामा राखिएका दुर्गाका मूर्ति बिर्सजन
बर्दियाको बाँसगढीमा विर्सजनका लागि मूर्ति मानखोला लगिँदै तस्बिर : यादव आचार्य

बाँसगढी (बर्दिया) : आश्विन शुक्लपक्ष प्रतिवदा अर्थात घटस्थापनाका दिन स्थापना गरिएका माटोको देवीका मूर्तिहरु बिर्सजन गरिएको छ । दसैंका दिन मंगलबार परेकोले बुधबार मूर्ति बाजागाजा तथा भजन किर्तनसहित बिर्सजन गरिएको हो ।

बर्दियाका विभिन्न पालिकाका टोलहरुमा स्थापना गरिएका देवीका मूर्तिहरु नदी, तलाउ लगायतका जलाशयहरुमा सेलाइएको हो । बर्दियाको गुलरियास्थित बबई (भादा) नदी, कर्णाली नदी, मान खोला लगायतका जलाशयहरुमा सनातन धर्मावलम्बीहरुले मूर्ति बिर्सजन गरेको बाँसगढी नगरपालिका वडा नम्बर ५ निवासी बद्री पौडेलले बताए ।

स्थानीयहरुबाट आर्थिक संकलन गरी मूर्ति स्थापना गर्ने गरेका हुन् । बाँसगढी नगरपालिका स्थित बजार क्षेत्रमा स्थापना गरिएका मूर्तिहरु मानखोलामा बिर्सजन गरिएको उनको भनाई छ ।

नवरात्रको पहिलो दिन घटस्थापनासँगै मूर्ति स्थापना गरी नौ दिनसम्म पूजा अर्चना गरिन्छ । दैनिक दुर्गा सप्तसती पाठ, पूजा आरतीपछि नवमीको दिन हवन गरेपछि नवरात्रको पूर्णाहुती गरिन्छ ।

यसरी विधिपूर्वक गरिएको दुर्गापूजा दसैंको दिन रावण बध गरेपछि बिर्सजन गर्ने प्रचलन रही आएको छ । मंगलबार मूर्ति बिर्सजन गर्न नहुने यहाँको मान्यता छ । बर्दियाको गुलरिया स्थित भादा नदीमा मूर्ति विर्सजनका बेला ठूलो भीड हुने गर्छ । गुलरियालगायत बाँकेबाट समेत मूर्तिहरु विर्सजनका लागि आउने गरेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.