अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीले गरे १६ जनाको हत्या
काठमाडौं : अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानेर १६ जनाको हत्या गरेका छन्। उक्त घटनामा अन्य ५० जना घाइते भएका छन्।
ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि हालसम्म फेला पार्न नसकेको बीबीसीले उल्लेख गरेको छ। ल्युस्टन मेन राज्यको दोस्रो ठूलो सहर हो।
प्रहरीले एक सूचना जारी गर्दै बन्दुकधारी सडकमा हिँडिरहेको हुनसक्ने भएकाले सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। प्रहरीले सबैलाई घरभित्रै रहन समेत अनुरोध गरेको छ।
प्रहरीले संदिग्ध हमलाकारीको तस्बिरसमेत जारी गरेको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाको जानकारी दिइएको छ।
ल्युस्टन प्रहरीका अनुसार यो सहरको दुई स्थानमा गोलाबारी भएको छ।