बैतडीको डिलासैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन

बैतडीको डिलासैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन
सुन्नुहोस्

बैतडी : बैतडीको डिलासैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष उकेन्द्र बोहराको निधन भएको छ । क्षयरोगबाट पीडित ४५ वर्षीय बोहराको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

बोहरालाई केहिदिन पहिले स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको बिहीबार बिहान निधन भएको परिवारका सदस्यले बताएका छन् । 
बोहरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । 

नेकपा एमाले बैतडी जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका बोहराको अकल्पनीय निधनले सिंगो पार्टीलाई दुखित तुल्याएको पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पालले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.