सगरमाथा क्षेत्रमा एक विदेशी नागरिक मृत फेला
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ मा एक विदेशी नागरिक मृत फेला परेका छन्।
सगरमाथा क्षेत्र भ्रमणमा आएका चेक रिपब्लिकका ४६ वर्षीय जनरोसको शव चोलापिक हिमाली क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार चोलापिक हिमाल चढेर फर्किएका जनरोस बुधबार दिउँसो अन्दाजी १ बजे हिमालभन्दा करिब ५०० मिटर तल मृत भेटिएका हुन्।
मृतकको शव बिहीबार हेलिकप्टरमार्फत् उद्धार गरेर लुक्ला ल्याइएको र काठमाडौं पठाउने प्रक्रिया अघि बढाएको बताइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।