चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
काठमाडौं : चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। स्थानीय समयअनुसार शुक्रबार राति १२ बजे उनको ६८ वर्षको उमेरमा निधन भएको हो। उनलाई हृदयघात भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।