इजरायलमाथि आक्रमणको योजना बनाउने हमासका मुख्य कमाण्डर मारिएको इजराइली सेनाको दावी

इजरायलमाथि आक्रमणको योजना बनाउने हमासका मुख्य कमाण्डर मारिएको इजराइली सेनाको दावी
तस्बिर : एजेन्सी

एजेन्सी : इजरायलले आफ्नो भूमिमा आक्रमणको योजना बनाउने हमासका मुख्य कमाण्डर मारेको दावी गरेको छ। सात अक्टुबरमा इजरायलमाथि आक्रमणको योजना बनाउने हमासका कमाण्डर मारिएको इजराइली सेनाले बताएको हो।

यसअघि इजराइली सेनाले अक्टुबर ७ को हमलाको योजनामा सहयोग गर्ने हमासका एक वरिष्ठ कमाण्डर मारिएको बताएको थियो। इजराइली सेनाले देशको सुरक्षा एजेन्सी सिन बेटको गुप्तचरको निर्देशनमा लडाकु विमानले हमासका मुख्य कमाण्डरलाई मारेको जनाएको छ।

तर, यो समाचार बीबीसीले पुष्टि गर्न नसकेको बताएको छ। हमासले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.