दसैं विदा सकियो, कर्मचारी फर्किएनन्

दसैं विदा सकियो, कर्मचारी फर्किएनन्
सुन्नुहोस्

नुवाकोट : वडादसैंका लागि ६ दिन लामो विदा पछि शुक्रवार सरकारी कार्यालयहरू सञ्चालन भए पनि नुवाकोट र रसुवाका अधिकांश कर्मचारी कार्यालयमा अनुपस्थित रहेका छन्। 

पहाडी संरचना रहेको नुवाकोट र हिमाली संरचना रहेको रसुवामा कार्यरत सरकारी तथा संस्थान अन्र्तगतका कार्यालयमा कार्यरत ५० प्रतिशत वडादसैं विदा सकिएर कार्यालय खुलेको दिन कर्मचारी अनुपस्थित रहेको पाइएका हुन्। 

नुवाकोटमा सरकारी र संस्थान गरेर ५० कार्यालयमा कार्यरत कर्मचारीहरु शुक्रवार कार्यालयमा अनुपस्थित रहेका छन्। पाँच सयभन्दा बढी कर्मचारी रहेकोमा कार्यालय खुलेको दिन आधा भन्दा धेरै कर्मचारी अनुपस्थित रहेको भेटिएका हुन्। 

कार्यालय खुलेको छ, काम सुचारु भएको छ। तर, कर्मचारी छैनन् विदुरमा भेटिएका सेवाग्राही गुनासो गदै थिए। कतिपय कार्यालयका प्रमुख तथा कर्मचारी वडादसैंको टिका थाप्न टाढा टाढा पुगेका कारण अन द वेमै रहेको समवन्धित कार्यालयले जनाएको छ। 

कर्मचारी नहुँदा कतिपय महत्वपुर्ण काम  लिएर सदरमुकाम पुगेका सेवाग्राहीहरु कतिपय कार्यालयका प्रमुख तथा फांटमा कर्मचारी नहुँदा रित्तो हात फर्किनु परेको थियो। नुवाकोटको छिमेकी रसुवाका सरकारी कार्यालयका अधिकांश कर्मचारीसमेत अनुपस्थित रहेका छन्। 

नुवाकोट र रसुवा दुवै जिल्लाका सरकारी तथा संस्थान अन्र्तगतका कार्यालयमा कार्यरत आधाभन्दा धेरै कर्मचारी अनुपस्थित भएपछि कार्यालय सुनसान रहेको थियो। काम लिएर कार्यालय पुगेका हजारौं सेवाग्राही समस्यामा परेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.