गुल्मीमा सराय नाचको रौनक (तस्बिर)
गुल्मी : नेपालीको महान पर्व बडादशैंको अवसरमा त्रयोदशी दिन गुल्मीको मालिका गाउँपालिका -४ अर्खाबाङ्ग ठूलिचौर सराय नाच हेर्नेको घुँइचो लागेको छ। एकादशीको दिनदेखि पूर्णिामासम्म ग्रामीण क्षेत्रका विभिन्न स्थानमा सराय नाच हुने गर्दछ।
ठूलिचौरमा हुने सराय नाच हेर्न र मनोरञ्जन लिन घमिर, अर्जै, मर्भुङ्ग, नेटा, दर्लिङ्ग, ह्वाङ्दी , छापहिले लगायतका स्थानबाट थुप्रै मानिस पुग्ने गर्दछ्न्। पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ।
ठूलिचौरमा सराय नाच हेर्न र मनोरञ्जन लिन पुगेकालाई जेरिको स्वाद चखाउँदै स्थानीय।
प्रतिक्रिया दिनुहोस !
३