४५ घरधुरीलाई वाटर पम्प प्रदान
नुवाकोट : विदुर नगरपालिकाले महामण्डल आसपासका बस्तीमा वाटर पम्प वितरण गरेको छ। पिउने पानीको समस्या समाधान गर्न नगरपालिकाले ४५ घरधुरीलाई वाटर पम्प वितरण गरेको हो।
विदुर नगरपालिका-२ स्थित महामण्डल, कुवापानी, पाटीपानी, तुर्केचौरमा पानी तान्ने मोटर (वाटर पम्प) वितरण गरिएको हो।
वर्षौदेखि पिउने पानीको समस्यामा रहेका बस्तीका ४५ घरधुरीलाई मेयर राजन श्रेष्ठले आवस्यक उपकरणका साथै एक/एक थान वाटर पम्प हस्तान्तरण गरेका हुन्।