विज्ञान प्रयोगशाला सञ्चालन
नुवाकोट : गाउँका विद्यार्थीहरूको सुविधाका लागि विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।
बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा कुमरीस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा निर्माण गरिएको विज्ञान प्रयोगशालाको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले उद्घाटन गरे।
सोही विद्यालयमा ३५ वर्ष कार्यालय सहयोगी भई अवकाश पाएकालाई मेयर गुरुङले व्यक्तिगत रूपमा ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरे।