अवैध रकमसहित भारतीय नागरिक पक्राउ
महोत्तरी : नेपाल प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ ४० वर्षीय भारतीय नागरिक अरुण पंजियारलाई प्रहरीले १३ लाख २० हजार रकमसहित नियन्त्रणमा लिएको हो ।
जलेश्वर नगरपालिकाको वखरी चोकमा सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना. ३ ख २८७८ नम्बरको बसलाई प्रहरीले चेकजाँच गर्दा रकमसहित पंजियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए।
उनका अनुसार प्रहरीले पंजियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !