लेक लागेर बिरामी परेका विदेशी पर्यटकको उद्धारमा समस्या

लेक लागेर बिरामी परेका विदेशी पर्यटकको उद्धारमा समस्या
फाइल तस्बिर।
सुन्नुहोस्

गोरखा : लेक लागेर बिरामी परेका दुईजना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकोप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले राससलाई बताए।

बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकोप्टर उडानको अनुमति दिएको भएपनि मौसममा खराबीका कारण हेलिकोप्टर उडाउन समस्या भएको हो ।

मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकोप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवैजनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.