आठौं नुवाकोट महोत्सव माघमा
नुवाकोट : आठौं नुवाकोट महोत्सव माघमा हुने भएको छ। नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ २५ देखि फागुन ८ गतेसम्म महोत्सव गर्ने भएको हो।
स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ।
कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दीले शिथिल आर्थिक कारोबारलाई चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।