औद्योगिक राष्ट्रका कारण नेपाल जलवायु परिवर्तनको असर भोग्न बाध्य : महासचिव गुटेरेस

औद्योगिक राष्ट्रका कारण नेपाल जलवायु परिवर्तनको असर भोग्न बाध्य : महासचिव गुटेरेस
नेपाल भ्रमणमा रहेका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरबाट फर्कंने क्रममा । तस्बिर: रासस

पोखरा : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पर्यटकीय क्षेत्र पोखरा  जलवायु परिवर्तनको असरले निम्त्याएको चुनौतिको खतरामा रहेको बताएका छन्।

चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा पोखरा विश्वकै अनौठो र सुन्दर सहर रहेको तर त्यहाँ जलवायु परिवर्तनका असर देखिन थालेको उल्लेख गरे।

उनले भने,' पोखरा जलवायु परिवर्तनको जोखिममा छ। असर देखिन थालेका छन्। प्रकृतिविरुद्धको युद्ध तत्काल रोक्न  म विश्वलाई सन्देश दिन चाहन्छु।' 

विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताए । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उनले उल्लेख गरे।

विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै महासचिव गुटेरेसले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्‍याइरहेको बताए।

उनले विश्वका हिमाल र हिम नदीहरू जोगाउन अहिलेको आवश्यकता रहेको बताए। महासचिव गुटेरेसले जलवायु परिवर्तनको जोखिम न्यूनिकरणका लागि नेपाल र अन्य मुलुकहरूलाई सहयोग गर्नुपर्ने  बताए।

उनले नेपालमा जलवायु परिवर्तन र त्यसले निम्त्याएको जोखिमका कारण पहिरो जाने र धेरै समुदायहरू प्रभावित भएको बताए। महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निमन्त्रणमा शनिबार राति काठमाडौं आएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.