विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल फर्क भन्ने अवस्था छैन : महामन्त्री शर्मा

विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल फर्क भन्ने अवस्था छैन : महामन्त्री शर्मा
सुन्नुहोस्

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई नेपाल फर्क भन्ने अवस्था तत्काल नरहेको बताएका छन्। अमेरिकाको न्युयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको कार्यक्रममा उनले अवस्थामा परिवर्तन अबको बाटो रहेको बताएका हुन्। 

उनले भने, ‘नेपालीलाई नेपाल फर्क भन्ने अवस्था तत्काल छैन। त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हो।’

जनसंख्याको बिस्फोटक आकार व्यवस्थापन गर्न, देशमा अनिवार्य  जनशक्तिबाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यतात्मक स्थिति भएको उनको भनाई छ। शर्माले अहिलेको प्राथमिकता जलविद्युत उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि भएको बताए। 

कार्यक्रममा वर्तमान नेपालको राजनैतिक, आर्थिक, सामाजिक लगायतका विविध विषयहरुमा केन्द्रीत रहेर छलफल र अन्तर्क्रिया भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.