पलायन हुँदै क्रिकेट खेलाडी

पलायन हुँदै क्रिकेट खेलाडी
सुन्नुहोस्

गुलरिया : विश्वमा क्रिकेट खेलप्रति आर्कषण बढिरहेका बेला यहाँका ग्रामिण क्षेत्रका खेलाडीहरू भने विदेश पलायन हुने क्रम बढ्न थालेको छ। खेलप्रति राज्यको उदासिनता, बेरोजगारी एवं जीविकोपार्जनमा असहजता बढेसँगै क्रिकेट खेलाडीहरू पलायन हुने संख्या बढेको हो।

जीविकोपार्जनका बैकल्पिक अवसर नपाएपछि खेलाडीहरू रोजगारीका लागि विदेश जाने क्रम बढेको राजापुर बर्दियाका शोभितध्वज चन्दले बताए। ‘क्रिकेटमा राम्रो गरिरहेका खेलाडीहरू विदेशिन बाध्य छन्। बढ्दो उमेरका कारण पुराना खेलाडीले पनि खेल्न छाडेपछि क्रिकेट खेल नै हराउन थालेको छ’, उनले भने, ‘यस्तो अवस्थामा नयाँ खेलाडी कसरी उत्पादन हुन्छ ?’ 

उनले जिल्ला जिल्लामा क्रिकेटको विकासका लागि राज्यले नै पहल गर्नुपर्नेमा जोड दिन्छन्। ‘ग्रासरुटका खेलहरू आयोजना गर्दै नयाँ खेलाडीहरू उत्पादन गर्नु आवश्यक छ। बर्दिया जिल्लामा क्रिकेटको सम्भावना प्रचुर भए पनि मैदान अभाव छ। खेल मैदान निर्माण गर्दै नयाँ खेलाडी उत्पादन गर्नुपर्छ’, उनी भन्छन्। बारबर्दिया नगरपालिकाले क्रिकेटको प्रबद्र्धन गर्न यसै वर्षदेखि पालिका स्तरीय प्रतियोगिताको सुरुवात गरेको छ। नगरको वडा नम्बर ६ धामपुरस्थित मैदानमा भएको प्रतियोगिताको उपाधि राजापुर नगरपालिकाले जितेको थियो। 

खेलकुदको विकासका लागि बारबर्दिया नगरपालिकाले बजेट विनियोजन गर्दै पालिकालाई खेलका माध्यमबाट परिचित गराउन लागिपरेको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले बताए। ‘विश्वमै क्रिकेट खेलको क्रेज बढ्दो छ। अवसर नपाउँदा नगर एवं जिल्लाका खेलाडीहरू पलायन हुने परिस्थिति सिर्जना भएकाले पनि नगरका तर्फबाट वार्षिक रुपमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गरी खेलाडीलाई अवसर दिलाउने योजना बनाएका हौं’, नगर प्रमुख थारुले भने, ‘मापदण्ड अनुसारको मैदानसँगै खेल सामग्री जुटाउँदै खेलाडीलाई आकर्षित गर्ने रणनीतिमा बारबर्दिया नगरपालिका लागिपरेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.