सिरहाका दुई गाउँपालिकाविरुद्ध जनप्रतिनिधि र कर्मचारी आन्दोलित

सिरहाका दुई गाउँपालिकाविरुद्ध जनप्रतिनिधि र कर्मचारी आन्दोलित
सुन्नुहोस्

सिरहा : चाडपर्वको मुखमा पनि सामाजिक सुरक्षा भत्ता र कर्मचारीलाई तलब समेत वितरण गर्न नसकेपछि सिरहाका सखुवानन्कारकट्टि र विष्णुपुर गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी आन्दोलित भएका छन्।

सखुवानन्कारकट्टि गाउँपालिकाकी उपाध्यक्ष निलम यादव, वडाध्यक्ष संजय यादव, तनुकलाल यादव र रमेश यादव, कार्यपालिका सदस्य हरिनारायण साह, अजय दास, जैनुन खातुन, ककुलति देवीसहित ८ जना वडासदस्य आन्दोलनमा उत्रेका छन्। उनीहरूले १७ बुँदे माग राखेका छन्। 

गाउँपालिका अध्यक्ष केदार यादवको लापरवाहीका कारण सामाजिक सुरक्षा भत्ता र कर्मचारीलाई तलब समेत वितरण हुन नसकेको वडाअध्यक्ष संजय यादवले आरोप लगाए। ‘यहाँ एम्बुलेन्स खरिद गरेको छ तर, कहाँ छ देखाउँदैन। जनताहरूले सेवा पाउन सकेका छैनन्। जमावि मौवाहीका प्रअ दुई महिनादेखि गायब छन्। गाउँपालिकाले कुनै एक्सन लिएको छैन,’ वडाध्यक्ष यादवले भने,‘आर्थिक वर्ष ०७९/०८० को आयव्यय पनि कार्यपालिका सदस्यहरूलाई समेत दिएको छैन।’

बजेट बाँडफाडमा विभेद, कार्यालय सहयोगीहरूको तलबमा विभेद, सार्वजनिक–ऐलानी जग्गाहरू खाली हुनुपर्ने उनीहरूको माग छ। माग राखेका विषयमा प्रमुख प्रशासकीय अधिकृत मार्फत ध्यानाकर्षण गराएको र सम्बोधन नभए थप आन्दोलनमा जाने वडाध्यक्ष यादवले सुनाए।  

यसैगरी, चाडपर्वको मुखमा पनि सामाजिक सुरक्षा भत्ता र कर्मचारीलाई तलब समेत नपाएपछि काम काज ठप्प पारी विष्णुपुर गाउँपालिकाका कर्मचारीहरू मुल गेटमा व्यानर झुण्डाएर धर्नामा बसेका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.