सडक सञ्जालले जोडियो मुस्ताङ र डोल्पा

सडक सञ्जालले जोडियो मुस्ताङ र डोल्पा
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङ र डोल्पा सडक सञ्जालले जोडिएको छ। शनिबार मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सीमानामा ट्याक्टर पुर्‍याएपछि मुस्ताङ र डोल्पा सडकको ट्याक खुलेको हो।

सरकारले गण्डकी प्रदेशको मनाङ-मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा-मुगु जोड्ने रणनीतिक महत्वको सडक अन्तरर्गत २०७५/०७६ सालदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो।

मुस्ताङ-डोल्पा सडकका लागि आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले नयाँ ट्याक खोल्ने र सडक स्तरोन्नतिको जिम्मा लिएका थिए। मुस्ताङ डोल्पा सडकका लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुङले अख्तियारी प्राप्त गरेको थियो। सडकका लागि २० करोड लगानी भइसकेको छ।

६ महिना अघि मुस्ताङ-डोल्पा सडकको ४६ दशमलव ५ किलोमिटर सडकको ट्याक ओपन भइसकेकोमा त्यसयता करिब १० किलोमिटरको जोखिमयुक्त पहाडको चट्टान काटेर मुस्ताङ-डोल्पा सडकको ट्याक खुलेको छ।

गत वर्ष नयाँ ट्याक ओपन गर्न मन्त्रालयले ३ करोड १७ लाख बजेट विनियोजन गरेको थियो। चालु वर्ष नयाँ ट्याक खोल्न मन्त्रालयले २ करोड बजेट छुट्याएको थियो। मुस्ताङ-डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्याक ओपन गर्नका लागि सिखा इन्जिनियरिङ र पम्फा जेभी कन्टक्सनले जिम्मा पाएका थिए।

मुस्ताङ-डोल्पाको सामूहिक प्रयासबाट हिमाली जिल्ला डोल्पा र मुस्ताङ ४ वर्षपछि सडक सञ्जालले जोडिएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। 

डोल्पाबाट मुस्ताङतर्फ सडक ट्याक जोड्न छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले पहल गरेका थिए। यता सडक डिभिजन कार्यालयले सडक निर्माणको कामलाई अघि बढाएको वडाध्यक्ष गुरुङको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.