लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु
सुन्नुहोस्

तानसेन : पाल्पामा आजदेखि दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। 

नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना र तेक्वान्दो खेलाडी रिता र अनिल कार्कीको सम्झनामा तानसेनको टुडिखेल मैदानमा प्रतियोगिता सुरु भएको हो।  

प्रतियोगिताको पाल्पा क्षेत्र नम्बर २ का संघीय सांसद ठाकुर प्रसाद गैरेले शुभारम्भ गर्दै तेक्वान्दो खेल लुम्बिनी प्रदेशकै चर्चित खेल भएको बताए। संघीय सांसद गैरेले देशलाई चिनाउने, एकताबद्ध राख्ने वस्तु भनेकै खेल भएको बताए।

सरकारले खेलकुद क्षेत्रमा पर्याप्त लगानी र्नगदा राम्रा राम्रा खेलाडीहरू समेत खेलबाट पलायमान भइरहेको सांसद गैरेले बताए। खेलकुद विकासका लागि नीतिगतमै व्यस्थित गर्न आफ्ना संसदमा पहल रहने सांसद गैरेले बताए। 

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला, तीन विभागीय टोली र आयोजक टोली गरी ६४ जना  खेलाडीहरूले प्रतियोगितामा सहभागी भएका छन्। प्रतियोगितामा महिला तर्फ ४६ केजीदेखि ५२ केजीसम्म र पुरुषमा ४९ केजी देखि ५५ केजी तौल भएका खेलाडीहरूबीच एकल स्पारिङमा प्रतिस्पर्धा भएको छ। प्रतियोगिताको पहिलो दिन सेमि फाइनल सम्मका खेलहरू सकिने आयोजकले जनाएको छ। 

प्रथम पुरस्कार विजेता पुरुष र महिलाले ३०/३० हजार नगद, प्रमाण गोल्ड मेडल पुरस्कार पाउने छन्। द्वितीय हुनेले २०/२० हजार नगद, प्रमाण र रजत पदक पाउने छन्। यसैगरी तेस्रो हुनेले १०/१० हजार नगद, प्रमाण र कास्य पदक पुरस्कार पाउने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.