भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त

भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले नेपाली जनतामा परेको दुखमा भारत साथमा रहेको जनाएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत दु:ख व्यक्त गर्दै आफूहरुले भूकम्प पीडितको लागि हरसम्भव सहयोग गर्न तयार रहेको बताए।

उनले भूकम्पमा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली दिएका छन्। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १४४ जनाको मृत्यु भएको छ।

 

Deeply saddened by loss of lives and damage due to the earthquake in Nepal. India stands in solidarity with the people of Nepal and is ready to extend all possible assistance. Our thoughts are with the bereaved families and we wish the injured a quick recovery. @cmprachanda

— Narendra Modi (@narendramodi) November 4, 2023

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.