भूकम्पपीडितको उद्धार, उपचार र राहतमा सबै जनशक्ति परिचालन गर्छौं : गृहमन्त्री श्रेष्ठ

भूकम्पपीडितको उद्धार, उपचार र राहतमा सबै जनशक्ति परिचालन गर्छौं : गृहमन्त्री श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : सरकारले भूकम्पपीडितको उद्धार, उपचार र राहत लगायतका काममा सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ।  

शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सबै जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो। बैठकमा श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशनसमेत दिए।

अहिले मुख्य केन्द्र सुर्खेत र उपकेन्द्र नेपालगंजलाई तोकेर परिचालन र राहतका काम एकद्वार प्रणालीका साथ अघि बढाउने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताए। उनले तीन तहका सरकारबीच समन्वयका साथ उद्धार, उपचार र राहतका काम भइरहेको बताए। गृहमन्त्री श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका लागि केन्द्रीय राहत व्यवस्थापन कोषबाट ५–५ करोड तुरुन्तै पठाउने निर्णय भएको जानकारी दिए।

भूकम्पका कारण अवरुद्ध सडक खुलाउन सडक विभागलाई निर्देशन दिएको, प्रभावित क्षेत्रमा कम्बल, पाल र खानेकुराको व्यवस्थापन पनि भइसकेको उनले जानकारी दिए। 

उनले छिमेकी मुलुकले पनि सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी पठाएको भन्दै भारत र चीनलाई धन्यबाद दिंदै अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जवाफ दिएको बताए। 

शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पुर्‍याएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.