सीमा नाकाबाट बरामद अवैध मदिरा नष्ट

सीमा नाकाबाट बरामद अवैध मदिरा नष्ट

सिन्धुपाल्चोक : चीनसँगको उत्तरी सिमाना तातोपानी नाकाबाट अवैध रूपमा ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ। 

इलाका प्रहरी कार्यालय कोदारी तथा अस्थायी प्रहरी पोष्ट तातोपानीले सवारी जाँच तथा प्रहरी गस्ती गर्ने क्रममा ८ सय ५० बोतल अवैध मदिरा बरामद गरेको थियो। 

नाका खुलेसँगै विभिन्न समयमा तातोपानी नाकाबाट लुकाइ छिपाइ ल्याएको अवैध मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। 

उनले अवैध मदिरा नाकाबाट भित्रिरहेको सूचना पाएपछि प्रहरीले सीमा क्षेत्र र सवारी जाँचमा कडाइ गरेको बताए। ६ लाख रुपैयाँभन्दा बढीको अवैध मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। 

बरामद गरिएको सो मदिरा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला प्रहरी प्रमुख बालनरसिं राणा, भन्सार प्रतिनिधि, स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको जनाएको छ।

२०७२ को भूकम्पपछि सीमा नाका बन्द भएका कारण लामो समय चिनियाँ मदिरा जिल्लामा भित्रिन सकेको थिएन। नाका खुलेसँगै चीनसँगको नाकाबाट लुकाएर मदिरा भित्र्याएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.