प्रथम मेयर कप अन्तरपालिका रात्रिकालीन भलिबलको उपाधी भद्रपुरलाई

प्रथम मेयर कप अन्तरपालिका रात्रिकालीन भलिबलको उपाधी भद्रपुरलाई
सुन्नुहोस्

झापा : भद्रपुरले प्रथम मेयर कप अन्तरपालिका स्तरीय रात्रिकालीन नकआउट भलिबल प्रतियोगिताको उपाधी जितेको छ। 

भद्रपुर युवा परिवारको आयोजनामा भद्रपुर माविको खेल मैदानमा शनिबार राती भएको फाइनल खेलमा दमक नगरपालिकालाई ३–१ को सेटले पराजित गर्दै भद्रपुरले उपाधी चुमेको हो। 

उपाधी चुमेसँगै भद्रपुरले नगद ५१ हजारसहित ट्रफि हात पारेको छ भने उपविजेता बनेका दमकले ३१ हजार रुपैयाँमा चित्त बुझाएको छ। विजेता र उपविजेताले भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए। 

बेस्ट अफ फाइभमा दमकमाथि आक्रामक खेल प्रदर्शन गरेको भद्रपुरले पहिलो सेट २५–२४ ले जितेको थियो। दोस्रो सेटमा दमकले आक्रमण प्रदर्शन गर्दै १४–२५ ले जित्दै खेल बराबरी ल्यायो। २५–२३ र २५–२१ को तेस्रो र चौथो सेट लगातार जित्दै भद्रपुरले उपाधीमाथि कब्जा जमाउन सफल भएका थिए। 

खेलको म्यान अफ द म्याच भद्रपुरका राहुल राजवंशी भएका छन्। उनलाई २ हजार १ सय प्रदान गरिएको थियो।  त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भरत यादव घोषित भएका छन्। उनलाई ६ हजार एक सयले पुरस्कृत गरिएको थियो। त्यसैगरी वेस्ट स्ट्राइकर भद्रपुरका भरत यादव, वेस्ट ब्लकर दमकका पुकार तामाङ, वेस्ट सरभर भद्रपुरका अभिषेक कामती, वेस्ट डिफेन्डर दमकका प्रेम बास्तोला, वेस्ट लिफ्टर दमकका मुस्कान लिम्बु र उदीयमान खेलाडी भद्रपुरका राहुल राजवंशी घोषित भएका छन्। 

उनीहरूलाई जनही २ हजार १ सय पुरस्कृत गरिएको थियो। प्रतियोगितामा झापा, शिवसताक्षी, बाह्रदशी, कनकाई, गौरादह, दमक, भद्रपुर, मेचीनगर, कचनकवल, गौरीगञ्ज र बिर्तामोड सहभागी हुने जनाइएको छ। 

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा झापाका १५ वटा पालिकामध्ये ११ वटा पालिका झापा, शिवसताक्षी, बाह्रदशी, कनकाई, गौरादह, दमक, भद्रपुर, मेचीनगर, कचनकवल, गौरीगञ्ज र बिर्तामोड सहभागी थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.