जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीनजनाको मृत्यु
![जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीनजनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/bhukampa_15_AiYwXWVyFp_au74WN9mlS.jpg)
रुकुम पश्चिम : रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीनजना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले राससलाई जानकारी दिए।
पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुन् । रुकुम पश्चिममा भूकम्पमा परी तीनजना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)