डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकाले भूकम्प प्रभावितलाई तीन लाख सहयोग गर्ने

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकाले भूकम्प प्रभावितलाई तीन लाख सहयोग गर्ने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकाले भूकम्प पीडितलाई तीन लाख सहयोगको घोषणा गरेको छ । भूकम्प प्रभावित जिल्लाका नागरिकहरूको राहत,उद्वार र पुन स्थापनाका लागि हातेमालो गर्दै विपत व्यवस्थापन कोषबाट तीन लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो जनधनको क्षति भएकाले आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि गाउँपालिकाले अपिल गरेको छ ।

शुक्रबार राती जाजरकोट रामडाँडा आसपास केन्द्रविन्दु गएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ। करिब २ सय जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भूकम्प पीडितहरूका लागि सहयोग गर्ने भन्दै  घोषणा गर्ने र केही राहत लिएर आउनेहरुको भीड लागेपनि पीडितहरू खुला आकाश मुनि रात कटाइरहेका छन्। उनीहरूले पर्याप्त मात्रामा त्रिपाल,ओढ्ने,ओछ्याउने र खाना पाउन सकेका छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.