नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीहरूलाई राष्ट्रपति पौडेलको आह्वान

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीहरूलाई राष्ट्रपति पौडेलको आह्वान
तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीहरूलाई आह्वन गरेका छन्। एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चल्ने ३७ औं सम्मेलनको  सोमबार उदघाटन गर्दै  राष्ट्रपति पौडेलले नेपालमा लगानीको वातावरण सहज बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरेका हुन्।

'नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुनहरू निर्माण भइरहेका  छन्, 'उनले भने,' म कृषि,पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योग-व्यापारीहरूलाई आह्वान गर्दछु।'

राष्ट्रपति पौडेलले नेपालमा उत्पादित विद्धुत व्यापार अन्तर्राष्ट्रिय बजारमा पुगेको बताए। उनले भने,'नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ। विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीहरूका लागि महत्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु।'

उनले साना तथा मझौला उद्यमहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताए। उनले उद्यमशीलता भनेको व्यवसायी सुरू गर्नु मात्र नभइ नवप्रवर्तनलाई अंगाल्ने,विविधतालाई सघनीकरण गर्ने र समुदायले सामान गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताए।

दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला भएको उनको भनाइ छ।  राष्ट्रपति पौडेल क्यासी सम्मेलन नेपालको व्यापार लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार सावित हुने विश्वास व्यक्त गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.