राहत नपाएपछि भूकम्प पीडितले लगाए वडा कार्यालयमा ताला

राहत नपाएपछि भूकम्प पीडितले लगाए वडा कार्यालयमा ताला
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जाजरकोट : भूकम्प पीडितले राहत नपाएको भन्दै भेरी नगरपालिका - ४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । समयमा राहत वितरण नगरेको र वडाध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई मात्र राताराता राहत दिएको भन्दै तालबन्दी गरिएको स्थानीय रमेश चन्दले बताए । 

सोमबार बिहान राहत वितरण गर्ने तयारी भएपनि तालाबन्दीका कारण राहत  वितरण हुन सकेको छैन । वडा कार्यालय अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । अत्यावश्यक भएकालाई राती नै वितरण गरिएको र तथ्यांक संकलनमा ढिलाइ भएकोले राहत वितरणमा  ढिलाइ भएको वडाध्यक्ष बसन्त प्रसाद शर्माले बताए। उनले राहत वितरणमा पक्षपात नभएको बताए।

'वडाबासी सबै मेरा मान्छे हुन्। मैले पीडितलाई दिएको छु । कम जोखिममा रहेकालाई बाँड्ने कार्यक्रम छ। तालाबन्दी गरेर अवरोध भएको छ,'उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.