गाजा क्षेत्र बालबालिकाको चिहान बन्दै, ४ हजार बढीको मृत्यु : एन्टोनियो गुटेरेस

गाजा क्षेत्र बालबालिकाको चिहान बन्दै, ४ हजार बढीको मृत्यु : एन्टोनियो गुटेरेस
फाइल तस्बिर।
सुन्नुहोस्

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजा 'मानवीय संकट' बाट गुज्रिरहेको र प्यालेस्टाइन क्षेत्र द्रुत रूपमा 'बालबालिकाहरूको चिहान' बन्दै गएको बताएका छन्।

सन् २०१७ देखि संयुक्त राष्ट्र संघको नेतृत्व गर्दै आएका गुटेरेसले भने, 'हरेक दिन सयौं बालबालिका मारिने वा घाइते भइरहेका छन्।'

गुटेरेसले अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको पुन: निन्दा गर्दै हमास लडाकुहरूले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गरेको बताएका छन्।

उनले भने, ‘साधारणको हत्या, यातना, अपहरण कुनै पनि हालतमा जायज हुन सक्दैन । आम जनताको सुरक्षा अत्यन्तै महत्वपूर्ण हुनुपर्छ ।'

एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै भने, 'यो द्वन्द्व फैलिने खतरा छ, त्यसैले यसलाई तुरुन्तै रोक्न आवश्यक छ। हामीले पहिले नै लेबनान र सिरियाबाट इराक र यमनमा बढ्दो हिंसा देखिरहेका छौं।'

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा हालसम्म युद्धको कारण मृत्यु हुनेको संख्या १०,००० नाघेको छ जसमा ४,१०० भन्दा बढी बालबालिका छन्।

यो द्वन्द्व एक महिनाअघि इजरायलमा हमासले आक्रमण गरेपछि सुरु भएको थियो। त्यसयता इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा पनि जमिन आक्रमण गरिरहेको छ ।

इजरायलमा हमासको आक्रमणमा १४ सय जनाको मृत्यु भएको थियो र २०० भन्दा बढी मानिसलाई हमासले बन्धक बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.