भूकम्पपीडितका लागि भैरहवामा ‘न्यानो माया’ अभियान

भूकम्पपीडितका लागि भैरहवामा ‘न्यानो माया’ अभियान

भैरहवा : भूकम्पपीडितहरूको सहयोगका लागि रुपन्देहीको भैरहवामा ‘न्यानो माया’ अभियान सञ्चालन गरिएको छ। चिसोयाम सुरु भएसँगै पीडितहरूलाई न्यानो कपडा आवश्यक पर्न सक्ने भएकोले लत्ताकपडा संकलनका लागि अभियान सञ्चालन गरिएको हो।

सिद्धार्थनगर नगरपालिका (भैरहवा) को उपप्रमुख उमा अधिकारीको नेतृत्वमा सहरमा लत्ताकपडा संकलन भइरहेको छ। सर्वसाधारणहरूले नयाँ र प्रयोग भएका (प्रयोग गर्न सकिने) दुवै प्रकारका लत्ता कपडा सफा गरी उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिएको उपप्रमुख अधिकारीले बताइन्।

‘म पहिला पनि खेलकुदको माध्यमबाट जाजरकोट पुगेको छु , निकै विकट क्षेत्रहरू छन् र त्यहाँ बालबालिका लगायत अन्यलाई कपडा आवश्यकता महसुस गरेको थिए’ उनले भनिन्, ‘भूकम्पका कारण पीडितहरू थप बिच्चली परेकाले समस्यालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरेका हौँ।’

अभियान सञ्चालन भएसँगै भैरहवाका सर्वसाधरणले नयाँ र पुनः प्रयोग गर्न मिल्ने लत्ता कपडाहरू संकलन केन्द्रमा पुर्‍याउन थालेका छन्। उनले आइतबार बिहानदेखि सुरु भएको अभियानअन्तर्गत आइतबार साँझसम्म संकलन भएको ३५ बोरा कपडा नगरपालिका कार्यालयको राहतसँगै भूकम्प प्रभावित जिल्लामा पठाइएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.