भूकम्पपीडितलाई १६ लाख बराबरका राहत सामग्री सहयोग

भूकम्पपीडितलाई १६ लाख बराबरका राहत सामग्री सहयोग
सुन्नुहोस्

जाजरकोट : नेपाल विद्यार्थी संघले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई १६ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। 

नेविसंघले बिहीबार जाजरकोट सदरमुकाम खलंगामै पत्रकार सम्मेलन गरेर राहत वितरण, उद्धार र पुनर्स्थापनाका विषयमा सरकारको थप सक्रियता र समन्वय आवश्यक देखिएको ध्यानाकर्षण गराउँदै आफ्नो सहयोग घोषणा गरेको हो। 

नेविसंघले भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी ३९८ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको भन्दै तिहारपछि विद्यालय सञ्चालन हुने बेलासम्म विद्यालय सञ्चालनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले तिहारपछि विद्यालय सञ्चालन हुने बेलासम्म सबै विद्यालयहरूलाई अस्थायी रुपमा पनि कक्षा सञ्चालन योग्य बनाइनुपर्ने बताए। 

उनले नेविसंघले भेरी नगरपालिका–३ स्थित हनुमान प्राथमिक विद्यालय र नलगाड नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण पुनर्निर्माण गर्ने घोषणा समेत गरे। केही दिनमा उक्त विद्यालयको स्टमेट तयार गरी काम थालिने उनले बताए।

यसबाहेक नेविसंघले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ७ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.