महोत्तरीमा ट्रकबाट २९० किलो गाँजा बरामद

महोत्तरीमा ट्रकबाट २९० किलो गाँजा बरामद

महोत्तरी : प्रहरीले सम्सी गाउँपालिकाबाट २ सय ९० किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका-७ का २५ वर्षीय लिलाबहादुर थिङ र सहचालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ का राजेश घलान रहेका छन्।

सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ५ ख ९७११ नम्बरको ट्रकलाई प्रहरीले गोप्य सूचनाका आधारमा छापामारी गर्दा सो परिमाणको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सम्सी गाउँपालिका-५ देवीस्थानमा उनीहरू सवार ट्रकलाई चेकजाँच गर्दा ट्रकको चालक बस्ने सिटको पछाडि रहेको फल्स बटनमा लुकाईछिपाई राखेको गाँजा फेला परेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.