ए बत्तीको झिलिमिली...

कालोमाटोको दियो, कता हरायो ?

कालोमाटोको दियो, कता हरायो ?
वीरगन्जको बजारमा बिक्रीका लागि राखिएको माटोको दियो र भाँडाहरू। दीपावली र छठ पर्वको पूजालाई आवश्यक पर्ने यस्ता सामानको माग उच्च छ। तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

काठमाडौं : तिहार लाग्यो कि, उपत्यकावासी कालीमाटी (कालोमाटो)बाट बनेको दियोको खोजी गर्थे। बजारमा यसकै एकछत्र राज थियो। अनि, कालीमाटीको दियोमा सलेदो हालेर तोरीको तेलमा बत्ती बाल्ने चलन थियो। त्यही दियोको उज्यालोले राजधानी झिलिमिली हुन्थ्यो। आजभोलि भने कालीमाटीबाट बनेको दियो लोप हुँदैछ। त्यसको स्थान विद्युतीय बत्तीले लिएको छ। 

संस्कृतिविद्हरू कालीमाटीको दियोको स्थानमा प्लास्टिकबाट बनेका विद्युतीय दियोको चलन बढदै गएकोमा चिन्ता व्यक्त गर्छन्। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग कुमालेहरूले बनाएको कालीमाटीको पालामा सलेदो राखेर तोरीको तेलमा बत्ती बाल्ने मौलिक परम्परा रहेको बताउँछन्। ‘त्यस्तो बत्ती एकदमै पवित्र हुन्छ। कालीमाटी मजाले भिजेकोे हुन्छ। त्यसबाट बनेको दियोले तेल पनि सोस्दैन, संस्कृतिविद् ग्वंग भन्छन्, ‘तोरीको तेलको धुवाँले स्वास्थ्यमा पनि असर गर्दैन। तर, अन्य खालका तेलको प्रयोग अस्वस्थ्यकर हुन्छन्।’

मानव सभ्यताको विकासक्रम सँगै नयाँ–नयाँ कुरा खोजी (इनोभेसन) गर्दै जाँदा माटोको दियो बाल्ने परम्परा सुरु भएको संस्कृतिविद् ग्वंग बताउँछन्। आवश्यक्ताले मानिसले आविस्कार गर्छ। त्यही क्रममा नयाँ कुराको चेतना खुल्छ। सबैभन्दा पहिला कुमाले जातिहरूले लठ्ठीको माध्यमबाट चक्का जस्तै घुमाएर माटोको पाला बनाउने नौलो तरिका पत्ता लगाएको उनले बताए। आजभोलि भने त्यसमा विद्युत्को सहायताबाट मेसिन चलाउने र विभिन्न खालका आकार दिने गरिन्छ। 

‘तर, आजकल कन्भर्जन भएर झिलिमिली बत्ती आयो,’ उनले भने, ‘परिस्थिति एकै हुँदैन। समयअनुसार चल्नै पर्छ।’ प्लास्टिकबाट बनेका दियो बत्ती र फूलको प्रयोग बढेकाले त्यसको उचित व्यवस्थापन हुनुपर्ने उनले बताए। बत्तीमा जोडिएका बल्बहरू एकपटक बिग्रिएपछि पुनः प्रयोग गर्न मिल्दैनन्। त्यसबाट फोहोर उत्सर्जन हुने र त्यसको राम्रोसँग बिसर्जन आवश्यक रहेको उनले जनाए। माटोको दियो बाल्नुको मजा (कृतिम) आर्टिफिसिल बत्तीमा नहुने भए पनि कालीमाटी पाइने ठाउँमा बस्ती बसेसँगै माटोको अभाव बढेको उनले बताए। ‘व्यापारीहरूले टाढाबाट माटो ल्याउनुपर्छ। त्यसैकारण यस्ता दियो महँगो पर्न थाले,’ ग्वंगले भने। 

null

दीपापली अर्थात् दीपको ज्वलन गरेर अन्धकारलाई बली दिने तात्विक अर्थ रहेको यस दीपावलीमा कालीमाटीको पालामा बत्ती बालेर अन्धकार मास्ने परम्परा आर्टिफिसियल बत्तीहरूले लिन थालेका छन्। चाडबाडका बेला प्लास्टिकजन्य प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागसँग मिलेर अनुगमन गरेको वातावरण विभागका शंकरप्रसाद पौडेलले जनाए। प्लास्टिकको प्रयोग मानिस र वातावरण दुवैका लागि हानिकारक हुने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्ने विभागले जनाएको छ। 

पौडेलका अनुसार प्लास्टिक नकुहिने र लामो समयसम्म वातावरणमा रहिरहने हुँदा यसको अव्यस्थित बिसर्जनले खराब परिणाम ल्याउँछ। माटोको उर्बराशक्ति बिगार्ने, पानीका स्रोतमा अवरोध देखिने प्लास्टिकजन्य सामान जलाउँदा निस्कने ग्यासले ओजोन तहलाई विनाश गर्नुका साथै फ्युरान, डाइअक्सिन जस्ता विषालु ग्यास निस्कन्छ। हरित ग्रीह ग्यास उत्सर्जन गर्ने हुनाले जलवायु परिवर्तनमा पनि प्रतिकूल असर पार्छ। वातावरण विभागले तयार गरेको प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ मा उल्लेख गरेअनुसार राष्ट्रिय वातावरण नीति २०७६ ले प्रदूषणजन्य उपभोगलाई वैकल्पिक वातावरणमैत्री माध्यमबाट प्रतिस्थापन गरिने रणनीति र कार्यनीति अबलम्बन गरेको छ। 

विभागले सन् २०१७ मा गरेको अध्ययनले विद्युतीय फोहोर दु्रत गतिमा बढिरहेको जनाएको छ। सन् २०१७ मा मात्रै काठमाडौंमा १७ हजार ७३०.४ टन विद्युतीय फोहोर संकलन भएको अध्ययनको निष्कर्ष छ। यसले मानवीय स्वास्थ र वातावरणमा अत्यन्त घातक खालको समस्या ल्याउने भएकाले यस्ता सामानहरूको रिसाइकल एवं पुनःप्रयोग हुन आवश्यक रहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.