पाला बनाउन भ्याइनभ्याइ

पाला बनाउन भ्याइनभ्याइ
सुन्नुहोस्

गुल्मी : तिहार नजिकिएसँगै कुमाल समुदायमा माटाका पाला र भाडा बनाउन भ्याइनभ्याइ हुन थालेको छ। तिहारमा गरिने लक्ष्मी पूजामा माटोको पालामा बत्ती बाल्ने चलन भएकाले यसको माग बढी हुने गरेको हो। 

पछिल्लो समय बजारमा प्लास्टिक तथा आधुनिक प्रविधिका भाडा आएसँगै कुमाल समुदायको पेसा संकटमा पर्दै जान थालेको छ। कुमाल समुदायको पुख्र्यौली पेसाको संरक्षणमा कसैले चासो नदिँदा माटाका भाडा लोभ हुँदै गएका छन्। 

रोजगारीको खोजीमा परदेशिने युवाको संख्या दैनिक बढ्दो छ। तर, स्वदेशमै आत्मनिर्भर बन्ने लक्ष्यसहित गुल्मीका एक युवाले पुख्र्यौली पेसाको संरक्षण गर्दै आएका छन्। जिल्लाको इस्मा गाउँपालिका–६ अमरपुर बुल्मका पदम मुखियाले विगतका केही वर्षदेखि माटाका भाडा निर्माण र त्यसको बजारीकरण गरिरहेका छन्। मुखियालाई नेपालीको दोस्रो महान पर्व तिहारका लागि माटाका पाला र भाडा बनाउन भ्याइनभ्याइ छ। उनी बिहानदेखि बेलुकासम्म केही कामदारसहित सेरामिक्स उद्योगमा भेटिन्छन्। उनी तिहार लक्षित पालाबाहेक पानस, फिल्टर, क्यान्डिल, हाँडी, घैटा, मटुला, गमला, डल्लु, कचौरा, कप, पिलेट, गिलास, भगवानका मूर्तिसहित सजावटका सामाग्री बनाइरहेका छन्।

२०७१ सालमा सञ्चालनमा आएको बुल्म प्रगतिशील सेरामिक्स उद्योग समूहबाट मुखियाले लिजमा लिएर उद्योग सञ्चालन गरिरहेका छन्। सेरामिक्स उद्योगमा ३ /४ जना स्थानीयले रोजगारी पाएका छन्। सेरामिक्स उद्योगमा दसैं र तिहार लक्षित भाँडाकँुडाका साथै अन्य समयमा काम लाग्ने भाडाहरू पनि बनाइन्छ। ‘ठूलो सपना देखेर विभिन्न पेसा व्यवसाय छोडेर बिदेश जानेको संख्या बढ्दो छ’, उनले भने,  ‘म आफ्नै देशमा केही गर्ने अठोटले माटोमा खेलिरहेको छु।’ 

सेरामिक्समा निर्माण गरिएका माटाका भाँडाहरू जिल्लाको सदरमुकाम तम्घास, सिमलटारी, बामीटक्सार हुँदै बागलुङ, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, बुटवललगायतका बजारमा खपत हुने गर्छ। उनले जिल्ला र बाहिर हुने मेला महोत्सवमा आफ्नो सीप र भाँडाको प्रर्दशनी गर्दै आएका छन्। उनी सेरामिक्स उद्योगबाट वार्षिक लाखौंको कारोबार गर्छन्।

null

भाँडा बिक्री गरेर भएको आम्दानीले उद्योग संचालन र घर खर्च चलाइरहेको मुखियाले बताए। बजारमा पाइने प्लास्टिक र आधुनिक प्रविधिका माटाका भाडाको बजारीकरणले उद्योगलाई आवश्यक पर्ने माटोको समस्या देखिएको पदमको गुनासो छ। ‘हामीले उत्पादन गरेका वस्तुको बजारीकरणसहित माटोको व्यावस्थापनमा सरकारले चासो दिनुपर्छ’, उनले भने, ‘कुमाल समुदायको पहिचान र सिपको प्रदर्शन हामीले गर्छौं।’

सेरामिक्स उद्योगमा आवश्यक सीप तालिममा स्थानीय र प्रदेश सरकारले सहयोग गरेको छ। जिल्लाको इस्मा गाउँपालिकाले आर्थिक बर्षको नीति कार्यक्रममा उक्त उद्योगलाई समाबेश गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले पालिकाभित्र संचालन हुने हरेक कार्यक्रममा मायाको चिनो स्वरुप वुद्धको मूर्तिको प्रयोग गरेर युवालाई व्यासायिक बनाएर उनीहरूको पेसा संरक्षण गर्दै आएको इस्माका अध्यक्ष भगसिंह खड्काले जानकारी दिए। बुल्ममा सञ्चालित सेरामिक्स उद्योग गाउँपालिकामा मात्र नभई जिल्लाकै चिनारी हो। अध्यक्ष खड्काले भने, ‘यसको संरक्षण र सञ्चालन सहयोग गर्ने हामी सबैको दायित्व हो।’ 

प्रदेश सरकारले चालू आर्थिक वर्षमा सेरामिक्समा तालिम र प्रविधिमा सहयोग गर्न बजेट विनियोजन गरेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए। माटोबाट निर्मित भाडाको बजारीकरण तथा मूर्तिलाई प्रत्येक कार्यालयमा राखेर प्रचारप्रसार गरी यसको संरक्षण गर्नेमा कार्यालय लागेको प्रमुख भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.