पुरानो रिसिइबिलाई लिएर दुई युवाबीच कुटाकुट, एकजनाको मृत्यु

पुरानो रिसिइबिलाई लिएर दुई युवाबीच कुटाकुट, एकजनाको मृत्यु
युवाहरुको विवाद भएको स्थान। तस्बिर : यादव आचार्य

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका - ५ स्थित सन्तोषी–सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। झगडाका क्रममा घाइते भएका गुलरिया नगरपालिका -६ निवासी २३ वर्षीय  बरुण घिमिरेको मृत्यु भएको हो। 

लक्ष्मीपूजाको दिन मध्यरातमा पुरानो विवादलाई लिएर झगडा उत्पन्न भएपछि मारपिटका क्रममा घिमिरे गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । बरुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै पक्षले मादकपदार्थ सेवन गरेको पाइएको छ । 

फरार रहेका युवाको खोजी भइरहेको  प्रहरीले  जनाएको छ।

प्रहरीले घटनास्थल मुचुल्का उठाएको छ । राती  साढे १२ बजेतिर घटना भएको हो । घटनास्थलबाट प्रहरीले चप्पल तथा हेलमेट भित्रको कपडा बरामद गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको एसपी शाहीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.