महोत्तरीमा हात्ती आतंक, निकुञ्जमा फर्काइदिन स्थानीयको हारगुहार

महोत्तरीमा हात्ती आतंक, निकुञ्जमा फर्काइदिन स्थानीयको हारगुहार
तस्बिर : अन्नपूर्ण

महोत्तरी : महोत्तरीको बर्दिबास तथा चूरेसँग जोडिएको उत्तरी क्षेत्रमा एक सातादेखि जंगली हात्तीको आतंकले स्थानीय त्रासमा छन्। बर्दिवास- ८ स्थित हातिलेट, हंङकङ डाडाँ, क्वाटर, भप्सी खोला, लोप्चन टोल तथा चूरे क्षेत्र राजवासलगायत क्षेत्रमा हात्ती आतंक बढेको हो।

हात्तीले किसानको उखु, घरको पिलर तथा अन्य बालीनालीमा ठूलो क्षति पुर्‍याएको महोत्तरी गौशाला नगरपालिका १ का किसान नरेश महतो बताए ।   बर्दिवास हातिलेट क्वाटरका हरिश्चन्द्र महतोले हात्तीको आतंकले रातभरि जाग्राम बस्नु परेको बताए । 

‘दिनभरि हात्ती जंगल जान्छ,'उनले भनिन्, ‘रात परेपछि गाउँ छिर्छ । ' मानिस रातभर सुत्न सकेको छैनन् । टोल–टोलमा मानिसहरू हात्ती आउने त्रासमा छन् । हात्ती नयाँ बाटो खोजेर गाउँ पस्ने र घर भत्काएर, बाली सखाप पारेर निस्कने गरेको महतोले बताए । 

हात्तीले शनिबार राती घर बनाउन लागेको पिलर भत्काएको छ भने किसानले लगाएको गखु खेतीसहित अन्य बालीमा ठूलो क्षति पुर्‍याएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता पिताम्बर महतोले अन्नपूर्णलाई जानकारी दिए । 

हात्ती दिनमा जंगल र राती गाउँ बस्ने भएकाले स्थानीय त्रासमा रात गुजार्न बाध्य छन् । विगतका वर्षहरूमा समेत चुरेक्षेत्रबाट हात्ती गाउँ पसेर घर भत्काउने,बालिनाली नष्ट गर्ने,मानिसलाई आक्रमण गर्ने जस्ता गतिविधि हात्तीले गर्न थालेपछि बर्दिवास नगरपालिका भित्रको पर्साइधाप, राजवास, मर्का, कालापानी, पाटु, गौरीडाँडालगायतका ठाउँका मानिस निकै त्रसित छन्। 

गत वर्ष नै आफ्नो खेतमा लगाएको चैते धानमा हात्तीले ठूलो क्षति पुर्‍याएको राजवासका स्थानीय विष्णु थापाले बताए। यसअघि हात्तीले खानेपानी र सिंचाइको पाइप पनि भाँचिदिएपछि स्थानीयलाई खानेपानीको पनि समस्या परेको थियो । 

पछिल्लो तथ्याङ्क अनुसार केहीवर्षम हात्तीले दर्जन बढी घर भत्काइसकेको छ भने ५० भन्दा बढी घरमा आंशिक क्षति पुर्‍याइसकेको छ।  हात्तीले दुःख दिन थालेपछि स्थानीय सम्बन्धित निकायसँग हात्ती आतंक नियन्त्रण गर्न हारगुहार गर्न थालेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विजय यादवले हात्तीले पुर्‍याएको क्षतिबारे यकिन तथ्याङ्क नआएको बताए । उनले भने,‘हामीले हात्ती नियन्त्रणका लागि वन कार्यालय र निकुञ्जलाई पनि जानकारी गराएका छौं।' 

चितवन राष्ट्रिय निकुन्जबाट हात्ती तराईको चुरे क्षेत्रमा प्रवेश गरेको भन्दै स्थानीयले हात्ती निकुन्जमै फर्काइ दिन माग गरेका छन्। जिल्ला डिभिजन वनकार्यालय महोत्तरीले हात्ती लखेट्न र मानिसलाई सचेत गराउन टोली खटाएको छ । 

स्थानीयलाई समूहमा बस्न, हातमा टर्च लिएर बस्न र आगो बालेर बस्न वन कार्यालयले सुझाव जारी गररेको छ । हात्तीलाई लखेट्ने उपाय स्थानीयले अपनाए हात्ती आफै ठाउँ छोडेर जाने वन्यजन्तुको संरक्षणमा काम गर्दै आएका मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले बताए । 

यता मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीका स्वकीय सचिव प्रभाकर सिंहले हात्ती नियन्त्रणमा पर्सा राष्ट्रिय  निकुञ्जसँग समन्वयन भइरहेको बताए । ‘वन कार्यालय र निकुञ्जसँग हामी निरन्तर सम्पर्कमा छौं,टोली खटाइसकेका छौं,छिटै नियन्त्रणमा लिइन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.