गोली चलाएर पक्राउ परेका कुख्यात डाकामाथि ११ वटा मुद्धा

नेपाल र भारतमा डकैती

गोली चलाएर पक्राउ परेका कुख्यात डाकामाथि ११ वटा मुद्धा
सुन्नुहोस्

महोत्तरी :  कुख्यात डाकालाई पक्राउ गरी ल्याउने क्रममा भाग्न खोज्दा महोत्तरी प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । महोत्तरी प्रहरीको विशेष टोलीले रौतहटको गरुडा नगरपालिका--४ बाट खोजतलास गरी ल्याउने क्रममा महोत्तरीको सोनमा गाउँपालिका-५ बाट गाडी परिवर्तन गर्न क्रममा भाग्दा पक्राउ गर्न महोत्तरी प्रहरीले गोली चलाउनु परेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । 

प्रहरीको गोली लागि जिल्ला सर्लाही लालबन्दी नगरपालिका २ का कुख्यात डाका ३२ बर्षीय शक्ति पासवान र ३३ बर्षीय अजय पासवान घाइते भएको छ । रौतहटबाट पक्राउ गरी ल्याउने क्रममा सर्लाही प्रहरीको सहयोगमा सिमा कटाउन सर्लाही प्रहरीले गाडीबाट महोत्तरी प्रहरीको गाडीमा राख्न खोज्दा उनीहरु भागेपछि पक्राउ गर्न ८ राउड गोली चलाउन परेको प्रहरी उपरीक्षक प्रकाश मल्लले अन्नपूर्णलाई जानकारी दिए । 

उनले भने, ‘डाकाहरु ल्याउन डिएसपी दिलिप कुमार गिरीको नेतृत्वमा टोली खटिएको थियो । एक गाडीबाट अर्को गाडीमा हाल्न खोज्दा उनीहरु भागे । भाग्ने क्रममा हाम्रो टोलीले नियन्त्रणमा लिन दौडादौड भयो। बाध्य भएर गोली चलाउनुपर्‍यो । गोली चलाउँदा उनीहरुको बाँया खुटाको जंघामा गोली लागेको छ । उनीहरुको स्वास्थ्य उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भैरहेको छ ।’

प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार पक्राउ परेको महोत्तरी, धनुषा र पछिल्लो समय रौतहटमा सहित सिमावर्ती भारतमा समेत डकैती गर्दै आएको समूह हो । उनीहरुको ७ जनाको समूह रहेको प्रारम्भिक अनुसन्धानको क्रममा छ । तर नेपाल र भारत गरी १२ जनाको समूहले एकपछि अर्को आतंक मच्चाउदै आएको हो । उनले भने, ‘यो समूहले निरन्तर एकपछि अर्को डकैतीको घटना घटाइरहेको थियो । सुरक्षा चुनौती बढेको थियो । हामीले पक्राउ गर्न दिनरात एक गर्‍यौं’ अन्नततः रौतहट भएको सूचना आयो । हामीले निरन्तर पछयायौं । उनीहरुले स्थान लगातार परिवर्तन गरिरहेका तर हाम्रो टोलीले रौतहटमा गएर आखिर पक्राउ गर्‍यौं ।

पक्राउ परेको कुख्यात डाका माथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले रौटहट गरुडा नगरपालिका ४ पानी ट्याङकीबाट नलकटुवा कटुवा पेस्तोल १ र गोली थान ४ राउण्ड समेत नियन्त्रणमा लिएको हो । 

प्रहरी उपरीक्षक मल्लका अनुसार पक्राउ परेका पासमानद्वयमाथि ११ वटा डाकाको मुद्दा रहेको छ । उनीहरुले छिमेकी मुलुक भारतमा समेत डकैती गरी फरार छ । भारतमा समेत उनीहरु माथि मुद्दा रहेको छ । 
 

यो पनि पढ्नुहोस

कहाँ-कहाँ घटना घटाए  ?

कार्तिक २० गतेका दिन जलेश्वर नगरपालिका ८ सानो रतवाराका भुबनेश्वर चौधरीको घरमा डकैटी गरेका थिए । घरको मुलढोकाको ताल्चा फुटाइ ७ जनाको समुहले हातहतियार सहित घरमा प्रवेश गरी भुनेश्वर चौधरी, जय किशोर चौधरी, सिमा चौधरी, शैल देबी चौधरीलाई भान्सा कोठामा लगी बन्द गरि डकैती गरेका थिए । 

डाकाहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी रगताम्य पारी घाइते बनाएको र शैल देवीलाई काठाको चिरपटले प्रहार गररेको थियो । उनीहरुले घरबाट ४० तोला सुनको गर गहना, चाँदीको ४५ तोलाको गरगहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम लुटेर लगेको आरोप रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.