गौशालामा गोवर्द्धन पूजा
गौशाला(महोत्तरी) : गाईको गोवरको पर्वतको आकार दिई महोत्तरीको गौशालामा आज एकाबिहानै गोवर्द्धन पूजा गरिएको छ । स्थानीय महिलाहरु समूहमा आवद्ध भई पूजा गरेका हुन्।
उनीहरुले गाईको गोबरको पर्वतको रुप दिई विधिपुर्वक पूजा गरे । पर्व मनाउने क्रममा परम्परागत गीत गाउनुको साथै भगवान कृष्णको गाथा पनि सुनाएका थिए ।
हिन्दू पौराणिक ग्रन्थअनुसार द्धापरकालमा भगवान कृष्णले गोवर्द्धन पर्वतलाई हत्केलामा उचालेर गोकुलवासीलाई मुसलेधारे बर्षाबाट जोगाएको उल्लेख छ। सोही दिनदिन भगवान कृष्णको गाथा गाएर गोवर्द्धन पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ ।