कौडा र नगदसहित २१ जना पक्राउ
नुवाकोट : नुवाकोटको विदुरबाट कौडा र नगदसहित २१ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक पुष्प दर्लामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विदुरस्थित एक होटेलबाट बिहीबार राति १८ थान कौडासहित २१ जना पुरुषलाई पक्राउ गरेको हो।
विदुरस्थित होटेलमा गएराति छापा मारेर प्रहरी टोलीले ६ लाख ५२ हजार एक सय ९२ रुपैयाँसहित नुवाकोटकै १८ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को जुवासम्बन्धी महल अनुसार कारबाही गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
४