साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया विश्वकपको फाइनमा, उपाधिका लागि भारतसँग भिड्ने

साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया विश्वकपको फाइनमा, उपाधिका लागि भारतसँग भिड्ने
सुन्नुहोस्

काठमाडौं : आइसीसी एक दिवसीय क्रिकेट विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। 

भारतमा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। यसअघि बुधबार सम्पन्न खेलमा भारतले न्युजील्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो।

फाइनल नोभेम्बर १९ तारिखमा अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ।

विश्वकपको १३औं संस्करणसम्म आइपुग्दा अस्ट्रेलिया सर्वाधिक सफल टोली हो। अस्ट्रेलियाले ५ पटक प्रतियोगिताको उपाधि चुमेको छ। त्यस्तै भारत दुईपल्ट विजेता रहिसकेको छ। सन् २०११ को विश्वकप जितेयता भारतले शीर्ष २ को यात्रा तय गर्न सकेको थिएन।

बिहीबार सम्पन्न खेलमा सन् २०१५ को विश्वकप विजेता अस्ट्रेलियाले दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गर्‍यो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए। त्यस्तै स्टिम स्मिथ ३० रन, डेभिड मिलर २९, मर्नुस् ल्याबुसेनले १८ रन, जोश इन्गलिस २८ रन बनाउँदा मिचेल मार्श शून्य र म्याक्सवेल एक रनमा पेभेलियन फर्किएका थिए। त्यस्तै मिचेल स्टार्क १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे। 

यसअघि डेभिड मिलरको शतकप्रेरितदक्षिण अफ्रिकाले २१२ रन जोडेको थियो। टिम २ बल बाँकी छँदै अलआउट हुनुअघि मिलरले १ सय १६ बलमा १ सय १ रन बनाए। उनले ८ चौका र ५ छक्का प्रहार गरे। यस्तै हेनरिक क्लासेनले ४ चौका र ६ छक्काको मद्दतमा ४७ रन बनाए। खराब सुरुवातपछि अफ्रिकी टोलीलाई मिलर र क्लासेनले सम्हालेका थिए।

कलकत्तास्थित इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र कप्तान पाट कमिन्सले समान ३-३ विकेट र जोस हेजलउड र ट्राभिस हेडले २-२ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.