मिथिलामा समाचकेवाको रौनक

मिथिलामा समाचकेवाको रौनक
फाइल तस्बिर।
सुन्नुहोस्

महोत्तरी : छठ पर्वको तेस्रो दिन ब्रतालुहरू उपवास रहँदै खरना मनाउने तयारी गरिरहेका बेला मिथिलामा भने समाचकेवाको रौनक सुरु भएको छ। शनिबारदेखि घरघरमा साँझको समयमा लोकगाथामा आधारित सांगीतिक पर्व समाचकेवा मनाउने गरिन्छ। छठ पर्व र समाचकेवाको रौनकले मिथिलालाई व्यस्त बनाएको छ।  

एक महिना अघिदेखि घरघरमा छठ पर्वको गीत गुन्जिरहेको समयमा आजदेखि समाचेकवाको गीत पनि गुन्जिँदैछ। यसले सिंगो मिथिला क्षेत्रलाई सांगीतिक वातावरणमा परिणत गरिदिएको छ। दिदीभाइबीचको प्रेमको प्रतीक मानिएको समाचकेवा पूर्णतया गीत संगीतमा आधारित पर्व हो। यो रातिको समयमा सामूहिक रुपमा गीत गाएर मनाइने गरिन्छ। दिदीबहिनीले गीतकै माध्यमले दाजुभाइको चिरायुको कामना गर्दछन् भने चुगुला भनिने खलपात्रलाई व्यंग्यात्मक रुपमा गाली गर्ने गर्दछ। 

मिथिला क्षेत्रमा मनाइने पर्वहरू गीत संगीतमा आधारित भए पनि छठपर्व र समाचकेवा पर्वमा लोक गीतसंगीतहरू घरघरमा गुन्जिँदै आएको गौशाला–१२ का युवा दीपलाल महतोले बताए। ‘अहिले मैथिली, भोजपुरी, हिन्दी र नेपालीलगायतका भाषामा तयार पारिएको यस्ता गीत संगीतले मिथिला क्षेत्रलाई नै संगीतमय बनाएको छ’, महतोले भने। अहिले हरेक घर, टोल, गाउँ, चोक, हाटबजार र सहरका गल्लीगल्लीमा यस्ता गीतसंगीत गुञ्जिँदा माहोल नै संगीतमय बन्न पुगेको छ। 

आधुनिकीकरणका नाममा संस्कृतिलाई बिर्सन नहुने महोत्तरी युवा सञ्जालका अध्यक्ष चुडामणि यादवले बताए। अहिले गाउँघरमा डीजेको बिगबिगी बढिरहेको समयमा पनि यहाँका घरघरमा यस्ता गीतहरू गुञ्जिँनु आफैमा सुखद् रहेको अध्यक्ष यादव बताउँछन्। 

यहाँ मनाइने पर्वहरूको गीत सहज रुपमा पाउनु नै आफैमा गौरवको विषय भएको पीछडा वर्ग धनुषाका अध्यक्ष श्रवण महतोले बताए। पुरानो संस्कतिलाई जगेर्ना गर्न यस्ता गीतसंगीतले अहंम भूमिका निर्वाह गर्दै आएकाले यस्ता संस्कृतिलाई नवपुस्तालाई हस्तान्तरण गरिनुपर्ने आवश्यकता रहेको उनले बताए। 

गौशाला बहुमुखी क्याम्पसका प्रमुख दुर्गाप्रसाद सिंहले यस्ता अभियानलाई जनजनमा पुर्‍याए मात्र मैथिली साहित्य र कलाको अभियान सफल हुने बिताए। गीतसंगीत निर्माणका क्रममा स्थानीय कलाकारहरू होडवाजी गर्दा कतै न कतै भाषाको शब्द छनोटमा ध्यान नदिएको हाँस्य कलाकार तथा मगही भाषाका अभियन्ता फुलगेन महतोले औल्याए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.