दलित बस्तीमा खानेपानी
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-९, टांडाविसौनामा दलित बस्तीमा खानेपानीको व्यवस्था गरिएको छ।
नगरपालिकाले एक घर एक धारा अभियानअन्तर्गत बस्तीमा खानेपानीको व्यवस्थापन गरेको हो। यो अभियानबाट बस्तीमा रहेका ३४ घरधुरी लाभान्वित भएका छन्।
गत वर्ष खानेपानीको ट्यांकी र पम्पको व्यवस्था गरेको नगरपालिकाले यस वर्ष फिटिङ मिटर तथा पाइपलगायत सामग्री हस्तान्तरण गरेको छ।