रियाद सिजनमा नेपाल
![रियाद सिजनमा नेपाल](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_QnmC0fi0EO_77XVWRNDjT.jpg)
साउदी अरेबिया : यस वर्षको रियाद सिजनमा नेपालको सहभागिता हुने भएको छ। नेपालले डिसेम्बर १० देखि १२ सम्म सिजनमा सहभागिता नेपाली मौलिकता झल्कने गायन र नृत्य प्रदर्शन गर्ने भएको हो।
सिजनमा नेपालबाट गायिका तिर्सना गुरुङसहित ‘द कोल्याप ब्यान्ड’ को सहभागिता रहनेछ। साथै साउदी अरेबियामा कार्यरत स्थानीय नेपाली कलाकारले जातीय र धर्म संस्कृतिको समेत प्रदर्शन गर्ने भएका छन्।
रियाद सिजनमा साउदी अरेबियामा २०१९ देखि सुरु भएको हो। यस वर्षको संस्करणमा नेपाली कलाकारले रियादको अलसुवादी पार्कमा बेलुका ६ बजेदेखि ११:३० बजे प्रस्तुति दिनेछन्। नेपाली दूतावासको सहयोगमा नेपालीको सहभागिता रहने प्रदर्शनमा प्रवेश निःशुल्क रहेको छ।
रियाद सिजन विश्वको सबैभन्दा ठूलो शीतकालीन मनोरञ्जन एक्स्ट्रावागान्जाको रूपमा परिचित छ। सिजनमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, सुडानलगायत मुलुकको सहभागिता रहने छ।
यो सिजन मौसम अनुकूल पारेर आफ्नो धर्म संस्कृति, कला, खेलकुद आदिलाई समावेश गरी सुरु हुन्छ। यस वर्षको संस्करण २८ अक्टोबरमा सुरु भएको हो। सिजनको आयोजक साउदी सरकारद्वारा परिचालित जीईए
(क्रस कल्चर) हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)