गुर्जेभन्ज्याङमा टाटा सुमो दुर्घटना, १३ यात्रु घाइते

गुर्जेभन्ज्याङमा टाटा सुमो दुर्घटना, १३ यात्रु घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको शिवपुरीमा आइतबार यात्रुवाहक गाडी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। शिवपुरी गाउँपालिका-६  गुर्जेभन्ज्याङमा ना१ज ६३३१ नम्बरको टाटा सुमो दुर्घटना भएको हो।

काठमाडौंबाट यात्रु बोकेर नुवाकोटतर्फ आइरहेको टाटो सुमो दुर्घटनामा परि घाइते भएकाहरुमध्ये ६ जना गम्भीर रहेका छन्। सात जना उपचारपछि घर फर्किएका छन् । गम्भीर घाइते भएका ६ जनाको धापासिस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

अन्यिन्त्रित भएर दुर्घटना भएको टाटासुमो सडकदेखि ५ सय मिटर तल खसेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले सिन्धुपाल्चोकको चौतारा नगरपालिका - १३ का ३३ वर्षीय चालक भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.