इनारमै मनाइयो छठ पर्व

इनारमै मनाइयो छठ पर्व

महोत्तरी : जलाशयको उचित व्यवस्थापन नभएको स्थानमा इनारमै घाट बनाएर छठपर्वको मुख्यपूजा सन्ध्या अर्घ दिइएको छ। 

जिल्लाको गौशाला नगरपालिकाको भरतपुर, कालिपर, रामनगर, भण्टावारी बर्दिवास नगरपालिकाको पशुपतिनगर, विजलपुरा, प्रेमनगर, भगहा नगरपालिकाको सीतापुर लगायतका स्थानमा व्रतालुहरू इनारमै घाट बनाएर मुख्यपूजा गरिएको छ।

इनारको छेउमा खाल्टो खनेर पानी लगाई त्यसभित्र उभिएर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन्। यहाँका व्रतालुहरू यसरी नै सन्ध्या अर्घ र बिहानीपखको अर्घ अर्पण दिइएको गौशालाकी व्रतालु सुनिता महतोले बताइन्। 

पायक पर्ने स्थानमा नदी, पोखरी, ताल, तलैया लगायतका जलाशयको स्रोत नभएपछि यसरी नै वर्षौदेखि आफूहरू व्रत मनाउँदै आएको महतोले जानकारी दिइन्।

इनारको छेउमा बनाइएको घाटलाई रंगिविरंगी पारी आकर्षक बनाएका छन्। जहाँ गाँउभरिका व्रतालुहरू सामूहिक रूपमा पूजा गर्दैछन्। आइतबार अस्ताउँदो सूर्यलाई इनारबाटै अर्घ अर्पण गरे झै भोलि बिहानीपखको अर्घ पनि इनारबाटै दिइने वर्दिवास नगरपालिका-९ का सुकृत महतोले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.