धनकुटाको निगालेमा एकै परिवारका ३ जना मृत फेला

धनकुटाको निगालेमा एकै परिवारका ३ जना मृत फेला
सुन्नुहोस्

धनकुटा : धनकुटा नगरपालिका-१ निगालेमा तीन जना मृत फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका नुनढाकी घर भई हाल धनकुटा नगरपालिका -१ निगालेका वर्ष ३५ का टिकाराम गुरुङ झुण्डिएको र ३६ वर्षीया श्रीमती भीमा तामाङ र छोरा वर्ष १० वर्ष आयुष गुरुङको हत्या गरिएको अवस्थामा फेला परेका हुन् । 

स्थानीय मानिकलाल श्रेष्ठको खाली घरमा बसी ज्याला मजदुर काम गर्दै आएका गुरुङले मादक पदार्थ सेवनको कारण घरायसी विवाद हुँदा मृतक गुरुङले घटना घटाएको हुन सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनास्थल धनकुटा–हिले सडक खण्ड अन्तर्गत निगालेमा रहेको छ । घटनाको अनुसन्धान भइरहेको छ । मृतक गुरुङ सुत्ने कोठामा झुण्डिएको अवस्था र उनका श्रीमती र छोरा हत्या गरिएको अवस्थामा छन् । 

मृतक गुरुङकी कान्छी छोरी वर्ष ६ की आसिकी गुरुङ भने छिमेकीको घरमा सुताउन लगिएकाले जिवित छन् । मृतकका आफन्त संखुवासभाबाट आउने क्रममा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.