बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ
महोत्तरी : बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन्।
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गौशाला एकेडेमीका सञ्चालक ३३ वर्षीय युगलकिशोर साह पक्राउ परेका छन्।
प्रहरी निरीक्षक मनोजकुमार यादवका अनुसार सञ्चालक साहले ७ वर्षीया छात्रालाई यौनजन्य गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।